×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले दराजका बिक्रेताहरुलाई बिना धितो कर्जा प्रदान गर्ने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि बैंकले दराजका बिक्रेताहरुलाई बिना धितो कर्जा प्रदान गर्ने 

Artha Sarokar

२६ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज नेपाल बिच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ ।

विशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशिल उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा रु.५ लाख सम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उदेश्यले उक्त सम्झौता गरिएको हो । सम्झौतापत्र एनएमबि बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुंवरले हस्ताक्षर गरेका थिए ।

सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिईरहेको र यस कर्जा मार्फत ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरुको आवश्यक चालुपुँजी पूर्ति गर्ने बैंकले विश्वास लिएको बताएका थिए ।

उक्त कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैंकले लिएको यो प्रयास कोशेढुङ सावित हुने बैंकले विश्वास लिएको छ ।

हाल एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी