×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्वारा नेपालमा ‘वी च्याट पे’ सार्वजनिक, चिनियाँ पर्यटकले अव नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकद्वारा नेपालमा ‘वी च्याट पे’ सार्वजनिक, चिनियाँ पर्यटकले अव नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

Artha Sarokar

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकसँगको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट ‘वी च्याट पे’ (we chat pay) आधिकारिक रुपमा  नेपाली बजारमा प्रवेश गरेको छ ।

वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोहबीच सम्पन्न गरिएको थियो ।

उक्त उद्धघाटन समारोहका प्रमुख अतिथी नेपालका लागि चीनका राजदुत चेन सोङले WeChat Pay QR कोड मार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने WeChat Pay को सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रकाश पारेका थिए ।

साथै, उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याट मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणाली मार्फत सम्बन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने जानकारी गराएका थिए । यसले डिजिटल बैंकिङ कारोवारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

यो साझेदारीले WeChat Pay मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो WeChat Pay डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त एनएमबि बैंक मार्फत नेपालमा सिधैँ आधिकारीक कारोबार गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी