Skip to content
LAXMI SUNRISE BANK

प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त

अर्थ सरोकार

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैंठकले असार १५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिने श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यवसायिक सञ्चार विषयमा तालिम समेत लिएका छन्।

वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उँचाई हासिल गर्ने विश्वास फाइनान्सको सञ्चालक समितिले गरेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने विचार व्यक्त गर्दै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट नै हामी हाम्रो उद्देश्यमा अवश्य सफल हुनेछौं भन्ने विश्वास व्यक्त गरे ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डीजिटल बैंकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK