Skip to content
LAXMI SUNRISE BANK

समृद्धि फाइनान्सको मधुवन शाखा उद्धघाटन, गुणस्तरिय सेवा दिने उद्देश्य

अर्थ सरोकार

काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १२औं शाखाको उद्धघाटन भएको छ । शाखा कार्यालय मधुवन, सुनसरीको समुद्धघाटन कार्यक्रम असार ८ गते शुक्रबार बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाईनान्सका संस्थापक संचालक सुदीप घिमिरेले संयुक्त रुपमा गरेका थिए ।
फाइनान्सको शाखा प्रबन्धक केशब पौडेलले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका संचालक घिमिरको सभापतित्व रही बराहक्षेत्र नगरपालिकाको मेयर प्रमुख अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले यस भेगमा बैंकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा बैंकिङ कारोबार गर्न  स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ति पाई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरेका थिए ।
त्यस्तै, कार्यक्रममा समाजसेवी वुद्धिजीवी तथा बराहक्षेत्र नगरपालिका वडा नं. ११ का भुतपूर्व वडाध्यक्ष केदार बिष्ट, मधुप्रकाश दूग्ध सहकारीका अध्यक्ष डिल्ली प्रसाद बास्तोला लगायतले बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै बैंकको उत्तरोक्तर प्रगतिको शुभकामना दिएका थिए ।
संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम बैंकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पारेका थिए ।उक्त नयाँ शाखा सहित देशभरी फाइनान्सको शाखा सञ्जाल बाह्र वटा पुगेको छ । संस्थाले अर्को हप्ता  थप १ नयाँ शाखा उद्धघाटन गर्ने योजना रहेको जनाएको छ ।
संस्थामा नि:शुल्क मोबाइल बैंकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ, आरटिजीएस लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK