×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनी सेक्यूरिटिजद्वारा त्रिवेणी इन्टरनेशनल कलेजमा सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सनी सेक्यूरिटिजद्वारा त्रिवेणी इन्टरनेशनल कलेजमा सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

Artha Sarokar

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनी सेक्यूरिटिजले त्रिवेणी इन्टरनेशनल कलेजमा सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत असार १३ गते बुधवार पोखरा, लेखनाथ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा ९८ जनाको सहभागिता रहेको थियो। तालिम कार्यक्रम विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन सेयर कारोबारको महत्त्वका बारेमा रहेको थियो ।

कार्यक्रममा साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरेका थिए ।

तालिम साइन्टिफिक विजनेश हवको सहकार्यमा सम्पन्न भएको थियो । सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा सेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी