×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बिमा गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बिमा गरिने

Artha Sarokar

६ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिवन बिमाका लागी सम्झौता सम्पन्न भएको छ ।

सरल तथा सहज बीमाका लागी भरपर्दो बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आईटी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थीति रहेको थियो ।

उक्त अवसरमा अध्यक्ष पाण्डेले आगामी दिनमा सहकारी संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आवश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिएका थिए ।

बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता विकास गर्नका लागी बिना भेदभाब ‘हामी गर्छौं,सबैका लागी,सधैका लागी’ भन्ने मुल नाराका साथ लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी