Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

अर्थ सरोकार

काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बैंकले बिहिबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्धघाटन गरेका हुन् ।

बैंकले नविनतम् सेवा सुबिधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न Cash Deposit Machine संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुने बैंकले जनाएको छ ।

यसै गरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै, ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मसिनबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकले Cash Deposit Machine (CDM) सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र Cheque Deposit Kiosk सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ र यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

सनराइज बैंक सधैं आधुनिक तथा नविनतम् सेवाहरू प्रदान गर्न अग्रसर रहेको छ । यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नु पर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले जनाएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK