Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकद्वारा अङ्गभङ्ग भएका व्यक्तिहरुलाई कृतिम अङ्ग प्रदान

अर्थ सरोकार

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मदेश प्रदेशको वीरगंजमा अङ्गभङ्ग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब, वीरगंजमा असार ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सिएसार प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई रु दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग नि:शुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सनराइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK