Skip to content
LAXMI SUNRISE BANK

टिभिएसले ल्यायो ‘नयाँ सफर बिना कर’ अफर, दुई वर्षको सडक कर टिभिएसले तिर्ने

अर्थ सरोकार

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधन कम्पनी टिभिएसले नयाँ खरिदकर्ताहरुलाई लक्षित गरी ‘नयाँ सफर बिना कर’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नु पर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टिभिएस आफैले तिर्ने भएको छ ।

टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँ लागु गरिसकेको छ जसले गर्दा प्रयोगकर्ताहरु दुई वर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन् । साथै, टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ जस अन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। नेपालभर १५० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल कम्पनीले दावी गरेको छ ।

गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित बन्न पुगेको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK