×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काम सकिएर रोकिएका भुक्तानी दिन अर्थमन्त्रीको निर्देशन

PRIME CA
GLOBAL IME BANK

काम सकिएर रोकिएका भुक्तानी दिन अर्थमन्त्रीको निर्देशन

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले साउन १५ गतेदेखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा.महतले डीपीआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रकृयामा जाने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिएका हुन् ।

उनले डीपीआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डीपीआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिएका छन् । ‘कार्तिकभित्र ठेक्का लगाउनैपर्छ । कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न सकेको छैन ।’, उनले भने, ‘ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थमन्त्रालयमा आउनुपर्छ । एक महिनाभित्र आएको बिल अर्थमन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने छ ।’

काम सम्पन्न भएर दायित्व सिर्जना भएको छ भने भुक्तानी पाउनुपर्ने अर्थमन्त्रीले बताएका छन् । बजेट शीर्षक भएको दायित्वलाई प्राथमिकतामा राखेर भुक्तानी गर्न आग्रह गर्दै उनले बजेट शीर्षक नभएको तर दायित्व सिर्जना भएको छ भने त्यसमा विचार गर्न पनि सचिवहरुलाई सुझाव दिएका छन् ।

‘धेरै ठूलो आवश्यकताकोबीचमा सीमित स्रोतमा काम गर्दैछौं भन्ने हामीले बुझेका छौँ । त्यसकारण जति चाहियो, त्यत्ति नै बजेट दिन सकिँदैन । हाम्रो आवश्यकता र श्रोतकाबीचमा ठूलो खाडल छ । त्यसैले श्रोत सुनिश्चिता नभएको आयोजना अगाडि नबढाउनुस् ।’, उनले भने, ‘हामी कोही पनि जिम्मेवारीबाट पन्छिनु हुँदैन । जिम्मेवारीबाट पन्छियो भने त्यसले परिणाम दिँदैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: