×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Artha Sarokar

३० असार २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १७औं वर्षमा प्रवेस गरेको छ । सिटी एक्सप्रेसले वार्षिकउत्सवको अवसरमा ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ ।

जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७औं वार्षिकोत्सवकै उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित मुख्य कार्यलयमा उल्लेख्य  सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी