काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्धघाटन गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पुर्याउन कम्पनीलाई आग्रह गरेका थिए । प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताएका थिए ।
समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले भर्चुअल सम्बोधनमार्फत समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिएका थिए ।
त्यस्तै, परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स-सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उनले बताएका थिए । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पुर्याउने पनिबताए । लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पुँजी निमार्णमा योगदान गर्न सकिने धारणा अध्यक्ष मोरले व्यक्त गरे ।
कम्पनीमा चुस्त दुरुस्त संस्थागत सुशासन तथा पारदर्शिता कायम राखी प्रभावकारी काम कारबाहीमार्फत कम्पनीको प्रतिष्ठा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष मोरले कम्पनी स्थापनाको क्रममा प्राप्त सहयोगका लागि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई धन्यवाद दिएका थिए ।
साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिए । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिएका थिए । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।
विद्यमान र आगामी दिनमा आउन सक्ने चुनौतीप्रति लक्षीत गर्दै उनलेभने , ‘प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ ।’ उनले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरि, कम्पनीको जनशक्तिमा लगानी गर्नुका साथै प्रोत्साहित गर्ने, निरन्तर सिक्ने तथा कारोबारको आकार बढाउने संस्कारलाई प्रोत्साहित गरेर प्रभावकारी समूह निर्माणमा आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्