×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले ल्यायो ‘महाबचत बजार’ योजना, ग्राहकहरुलाई ७० प्रतिशतसम्मको छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दराजले ल्यायो ‘महाबचत बजार’ योजना, ग्राहकहरुलाई ७० प्रतिशतसम्मको छुट

Artha Sarokar

४ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दराज नेपालले २०२३ का लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ ।

यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ । दराजले अनलाइन सपिङमा अफरहरुका साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवा प्रदान गर्दछ ।

उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई-सेवा, आइएमई पे र अन्य बैंकमार्फत प्रि-पेमेन्ट्को पनि व्यवस्था गरेको छ । जसमा ग्राहकले १० प्रतिशत छुट अधिकतम १ हजार र १५ प्रतिशत छुट अधिकतम १ हजार ५०० प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी यस अभियानको गिभअवे प्राइजमा Panasonic 270 L Inverter Frost-Free Double-Door Refrigerator, Panasonic 55 Inch 4K HDR Smart Android LED TV, र Panasonic 8kg Front Load Washing Machine समावेश छ । मेगा गिवअवे पुरस्कार जित्नका लागि ग्राहकले न्यूनतम ३ हजार ५०० को प्रि–पेमेन्ट गर्नुपर्ने हुन्छ ।

महाबचत बजारका बारेमा बोल्दै दराजकी मार्केटिङ हेड विधा प्रधानले भनिन्, ‘यस महाबचत अभियानमा ग्राहकले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिई बचत गर्न सक्नेछन्। त्यसैले दराज एपमा गई सपिङको मज्जा लिन हामी ग्राहकमा अनुरोध गर्दछौँ।’

दराजले महाबचत बजार अभियानमा आफ्ना ग्राहकलाई अधिकतम छुट उपलब्ध गराउन विभिन्न बैंकसँग साझेदारी गरेको छ । ती बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक र कामना सेवा विकास बैंक छन् ।

त्यस्तै दराजले महाबचत बजार अभियानलाई निरन्तरता दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग साझेदारी गरेको छ । जसमा यस अवधिभर उनीहरुले अधिकतम छुट पाउन सक्नेछन् ।

ग्राहकहरुले अब Cetaphil मा फ्ल्याट १५ प्रतिशत छुट,Mamaearth मा १५ प्रतिशत सम्म छुट, Hyundai मा ३७ प्रतिशत सम्म छुट, Konka मा ३० प्रतिशत सम्म छुट, OnePlus बाट फ्री डेलिभरी र Exclusive भाउचरहरू, Muscleblaze मा ४० प्रतिशत सम्म छुट, र Goldstar Footwear मा ४० प्रतिशत  छुट प्राप्त गर्न सक्नेछन् |

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी