Skip to content
LAXMI SUNRISE BANK

डिशहोमको सहयोगमा एफआइडिई चेस वर्ल्ड कपमा खेलाडी रुपेश जैसवाल सहभागी हुँदै

अर्थ सरोकार

काठमाडौं ।  नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ । स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवर्द्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित FIDE चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो ।

FIDE चेस वल्र्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाई देखि २४ अगस्टसम्म हुने भएको छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्तराष्ट्रिय मञ्चमा प्रबर्द्धन गर्ने अवसरको रुपमा लिएको छ ।

कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत FIDE  चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्ने भएको छ । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउन विश्वास लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK