×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

PRIME CA
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

१७ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा असार १६ गते शनिवार सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाले संस्थापक समुहका सेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ र उक्त सभामा पूर्व संचालक तथा संस्थापक सेयरधनी गणेश प्रसाद खनाललाई सम्मान गरिएको छ ।

प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिङ सेवाप्रदान गरिरहेको छ भने चाडैं नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने जनाएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।

बैंकको हालसम्म कर्जा लगानी करिब रु १० अर्व ८० करोड र निक्षेप संकलन रु १३ अर्व २५ करोड रहेको छ । सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलले उद्धघाटन गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागी महानुभावहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: