काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र यूनिसेफ नेपालको सहकार्यमा विपद जोखिम व्यवस्थापन र व्यवसाय निरन्तरता योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विपद के हो ? यसको जोखिम के के हुन सक्छन? विपदले व्यवसायमा कसरी हानि गर्दछ ? यसलाई न्यूनिकरण गर्न के–के गर्नु पर्दछ लगायत विभिन्न विषयहरुको बारेमा प्रस्तुतकर्ताले स्पष्ट पारेका थिए ।
युनिसेफ नेपालको तर्फबाट OIC प्रमुख सुनिता कायस्थले १९९८ देखिको महासंघसँगको सहकार्य स्मरण गर्दै विपद पश्चातको महासंघको प्रभावकारी अग्रसरतालाई विपद पूर्व तयारी प्रयोग गर्न सकेमा धेरै जोखिम न्यूनिकरण हुने र व्यवसाय निरन्तरतामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनको सहकार्यको लागि यूनिसेफ नेपाल सदैव तयार रहेको बताएकी थिइन् ।
कार्यक्रममा सभापति हमालले छोटो समयको छलफल पश्चात कार्यक्रम तय भएको जानकारी गराउँदै महासंघले विपद पूर्व तयारीमा जिम्मेवारी महशुस गर्दै नेपाल सरकार एवं विभिन्न दातृ निकायहरुको सहकार्य एवं निजीक्षेत्रको अग्रसरतामा व्यवसाय निरन्तरता सम्बन्धी चेतनामुलक कार्यक्रमहरु गर्ने योजना रहेको जानकारी गराएका थिए ।
सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं महासंघका उपाध्यक्ष हेमराज ढकालले अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण भएको बताए । उद्योगी व्यवसायीहरुमा व्यवसाय निरन्तरता योजनाको बारेमा विभिन्न क्षेत्रगत रुपमा जानकारी गराउनुपर्ने र त्यसको लागि महासंघ निरन्तर सहकार्यमा रहने बताएका थिए ।
त्यसैगरि, महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले व्यवसाय निरन्तरता योजना (BCP) को बारेमा आफू जानकार हुने अवसर प्राप्त भएको र यो उद्योगी व्यवसायीको लागि अतिनै महत्वपूर्ण रहेको बताएकी थिइन् ।
कार्यक्रममा उपस्थित महासंघका कार्यकारिणी समिति सदस्य एवं व्यापार समितिका सभापति सुबोध कुमार गुप्ताले कार्यक्रम महत्वपूर्ण एवं सिकाइपूर्ण रहेको बताउँदै नेपालमा धेरै चुनौतिहरु रहेको र त्यसको सामनाको लागि पूर्व तयारी अतिनै महत्वपूर्ण रहेको बताएका थिए ।
साथै, विपद जोखिम व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोमा सरोकारवालाहरुले जोड दिएका थिए । कार्यक्रममा कार्यकारिणी समितिका सदस्यहरु, स्वास्थ्य तथा विपद व्यवस्थापन समितिका सदस्य, सल्लाहाकार एवं आमन्त्रितहरुको सहभागिता रहको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्