काठमाडौं । घोराही सिमेन्ट प्रकरणमा नेपाल धितोपत्र बोर्डले फर्जी आवेदन दिनेविरुद्ध प्रहरीमा लेखी पठाउने भएको छ । घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरका विषयमा बोर्डले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको आईपीओमा फर्जी आवेदन दिनेविरुद्ध थप छानबिन गर्न प्रहरीलाई सिफारिस गर्ने भएको हो ।
आईपीओका लागि आवेदन दिँदा सर्वसाधारणलाई भ्रममा पार्नेगरी फर्जी आवेदन दिएको पाइएपछि जालसाझी सम्बन्धमा थप छानबिन गर्न प्रहरीमा लेखी पठाउने भएको बोर्डले जनाएको छ ।
त्यस्तै, बोर्डको अध्ययन प्रतिवेदनमा बैंक खातामा प्रयाप्त रकम नहुँदा नहुँदै पनि सर्वसाधारण लगानीकर्तालाई गुमराह राख्ने उद्धेश्यले फर्जी आवेदन दिने आवेदक, निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै पनि सम्बन्ध नदेखिएको उल्लेख गरिएको छ । योसँगै आईपीओमा मागभन्दा बढी आवेदन पर्दा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेकोले सो सम्बन्धमा पनि थप अध्ययन गर्ने बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
यता सोही प्रकरणमा बोर्डले आस्वा सदस्य एनआइसी एशिया बैंकविरुद्ध पनि छानबिन गर्ने भएको छ । आवेदकको खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि आवेदन स्वीकृत गरेकोमा कसरी आवेदनहरु स्वीकृत भयो ? भन्ने विषयमा छानबिन गर्ने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्