काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल प्रा.लि., धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई हस्पिटलबाट प्राप्त हुने सेवाहरु जस्तैः X-ray, USG, ECHO लगायतका सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले हस्पिटलसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्