काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गाउँपालिका वडा नं. ५ पाडाजुङ्गी स्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई असार १८ गते सोमबार पोशाक हस्तान्तरण गरेको छ ।
उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरेको हो ।
बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
साथै, बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्