काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवर्द्धन गर्न आफ्नो महिला कर्मचारीहरुका साथै ग्राहकहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ मसिन जडान गरेको छ ।
दिगो विकासको लक्ष्यअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित विभिन्न कार्यालयहरुमा समेत सो भेन्डिङ मसिन जडान गरेको हो । उक्त मसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकहरुले रजश्वलाको बेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरि विभिन्न कार्यालयहरुमा जडान गरिएको बैंकले जनाएको छ ।
बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री बनाउने योजना अनुरुप महिला कर्मचारीहरु तथा ग्राहकहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ । त्यस्तै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि जनस्वास्थ्यको प्रवर्द्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ ।
योसँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्