×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, पाँच जनाले पाए पल्सर बाइक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, पाँच जनाले पाए पल्सर बाइक

Artha Sarokar

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि आयोजना गरेको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा सफलतापूर्वक सम्पन्न गरेको छ । जसमा ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेको कम्पनीले जनाएको छ ।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । सोहीअनुसार खल्तीले करोड बराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’आयोजना गरेको थियो ।

उक्त करोडौंको अफरमा प्रमुख उपहारहरूमा पल्सर बाइक iPhone 14, OnePlus 11, Diamond Ring तथा अन्य उपहारहरु समावेश गरिएको थियो । यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट ५० वटा स्मार्टवाचहरू, ३० वटा इयरबडहरू, ५०० चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको जनाईएको छ ।

पाँच वटा पल्सर बाइकका बिजेताहरु यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ जस्का बिजेताहरु बिटु साह कल्वार (राउण्ड १), प्रदिप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउण्ड) रहेका छन् । अन्तिम लाइभमा २ वटा पल्सर N160- राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरु बम्पर उपहार जस्तै: iPhone 14, OnePlus 11,/Diamond Ring का भाग्यशाली विजेता घोषणा भएका थिए ।

यस अफरको सफलताको बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘यस अफरको सुरुवातमा प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्ने भनि अपेक्षा गरिएको थियो । यो अफरलाई नेपालको भुक्तानी उद्योगमा उत्कृष्ट सफलता दिन मदत गर्नुभएका हाम्रा साझेदारहरूप्रति हामी आभारी छौं । हाम्रा प्रयोगकर्ता, एजेन्ट, मर्चेन्ट, मिडिया, ब्रान्ड पार्टनरहरु, बैंक तथा इन्सुरेन्सहरु, नियामकहरु र अन्य साझेदारहरूको साथ बिना यो अफरको सफलता सम्भव थिएन ।’

आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी