काठमाडौं । नाडा अटो शो २०२३ यही २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ । यसै क्रममा नाडाले सो प्रदर्शनीका लागि स्टल बुकिङ समेत खुल्ला गरेको छ ।
नाडाको आयोजनामा हरेक वर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेन भने नाडा अटो शो २०२२ पनि सरकारले गत बर्ष केही सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना गर्न सकेको थिएन । यस्तो विपरित स्थितिमा नाडाले आफनो इतिहासमा पहिलो पटक गतबर्ष भृकुटी मण्डपमा भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ सम्पन गरेको थियो ।
त्यस्तै, आउदो नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँग्रे, तीन पाँग्रे तथा दुई पाँग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने जनाईएको छ । त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ । झण्डै चार बर्षपछी हुन लागेको प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अरव भन्दा बढीको कारोबार हुने अपेक्षा समेत राखिएको छ ।
कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बर्षहरुमा सम्पन्न प्रदर्शनीहरु भन्दा थप बृहत र भव्य हुने अपेक्षा समेत राखिएको छ । त्यसैगरी, प्रदर्शनीमा नेपालभरीका अटोमोवाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्