Skip to content
LAXMI SUNRISE BANK

लघुवित्त वित्तीय सेवा सम्बन्धि गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय सेवा सम्बन्धि गुनासो दर्ता गर्न ऋणीहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाईका लागि डेस्क स्थापना गरिसकेको छ । सो डेस्कमार्फत आएका गुनासोहरु समेत सम्बोधन गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी रुपमा सम्पति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएपनि गुनासो दर्ता गर्न अनुरोध गरेको छ ।

गुनासो दर्ता गर्न पैसा तिर्न नपर्ने (टोल फ्री) नम्बर १८१०५००००२२ मार्फत वा अनलाइन गुनासो पोर्टल http://gunaso.nrb.org.np/ [email protected]  मा समेत गुनासो दर्ता गर्न सकिने छ । साथै, नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK