Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ५० लाख रुपैयाँ हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकहरुका परिवारलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ५० लाख हस्तान्तरण गरेको छ ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी हुन् । निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन् ।

बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई रू. ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भईसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले रू. ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले रू. १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले रू. ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त रू. ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत रू. ४० लाखको दुर्घटना बीमा, रू. ४० लाखको घातक रोग बीमा र रू. ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले रू. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रू. ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सकिने जनाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK