×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिद्धिसिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम आयोजना

PRIME CA
GLOBAL IME BANK

रिद्धिसिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम आयोजना

१० श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने कम्पनीले जनाएको छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोश्रो हुनेलाई ३५ सय, तेश्रो हुनेलाई २५ सय साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने भएको छ ।

यस योजनामा आवद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा गई उल्लेखित क्युआर कोडमा स्क्यान गरी फारम भर्नु पर्नेछ । आवेदकको फारम बुझाउने अन्तिम मिति श्रावण २१, २०८० सम्म तोकिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: