काठमाडौं । सानिमा बैंक लिमिटेड र Swiss contact/Nepal Agriculture Market Development Program Phase बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य रहेको जनाईएको छ । त्यस्तै, सम्झौता अनुसार कृषि कर्जाको प्रक्रियालाई प्रबिधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवर्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिने जस्ता कार्यहरु गरिने जनाईएको छ ।
उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिएका थिए ।
सानिमा बैंकको सातै प्रदेशमा गरी १३२ कार्यालयहरु र १२२ एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्