×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेतीखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

PRIME CA

सेतीखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

५ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले प्रति सेयर १०० रुपैयाँको दरले ६० लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो ।

कम्पनीले सेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पूँजी एक अर्ब ५० करोड रूपैयाँ, र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: