काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ७८ लाख ७४ हजार ३ सय ४९ रुपैयाँ ४० बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा पुपुल्स पावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सुपर माइ हाइड्रोपावर, ८.५ % नबिल इन्भेस्टमेन्ट बैंक डेबेञ्चर २०८४, सिनर्जी पावर डेभलपमेन्ट, मेगा म्युचुअल फण्ड-१ र एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ७८ लाख ७४ हजार ३ सय ४९ रुपैयाँ ४० बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, एभरेस्ट बैंक लिमिटेड, हिमालयन डिष्ट्रिलरी, सुर्यज्योति लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा अभियान लघुवित्त, हिमालयन लघुवित्त वित्तिय संस्था, सनराइज ब्लु चिप फण्ड र रावा इनर्जी डेभलपमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्