काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २६२ कम्पनीको ५५ लाख ३१ हजार ७ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ८ लाख ८६ हजार ६ सय ५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा बलेफी हाइड्रोपावर, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, लक्ष्मी उन्नति कोष, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ र बिशाल बजार कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ८ लाख ८६ हजार ६ सय ५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र एभरेस्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो । विन नेपाल लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई बैंक लिमिटेड डेबेञ्चर २०८६/८७, एशियन हाइड्रोपावर, मेंछियम हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्