काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरले ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९.५४५ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) सर्वसाधारणहरुमा निष्कासन गर्ने भएको छ ।
लघुवित्तले सेयर निष्काशन गर्न कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, लघुवित्तको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४ सय ६३ र चुक्ता पूँजी ९१ करोड ०७ लाख ८२ हजार ५ सय ८ रुपैयाँ ५० पैसा रहेको छ । उक्त वित्तिय संस्थामा १लाख ७१ हजार भन्दा बढी सदस्यहरु लाई सेवा दिँदै आईरहेको छ र १ सय ९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्