×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करीको अपराधमा चिनियाँ सञ्जालः चिनियाँ नागरिक जेक्यूयाङ लिनले सञ्चालन गर्थे सोह्रखुट्टेको गोदाम !

PRIME CA
GLOBAL IME BANK

सुन तस्करीको अपराधमा चिनियाँ सञ्जालः चिनियाँ नागरिक जेक्यूयाङ लिनले सञ्चालन गर्थे सोह्रखुट्टेको गोदाम !

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुधबार राजस्व अनुसन्धान विभागले साढे ११ सय थान ‘ब्रेक शु’ बरामद गरेको सोह्रखुट्टेको गोदाम चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको पाइएको छ ।

बुधबार नै राजस्व अनुसन्धान विभागको टोलीले सुन तस्करी प्रकरणमा नरेश तामाङ बताउने सन्तोष तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका तामाङकै सूचनाका आधारमा सोह्रखुट्टेको गोदाममा छापा मारेको विभाग स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरिरहेका थिए ।

उक्त गोदाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा पक्राउ परेका चिनियाँ नागरिक जेक्यूयाङ लिनकै रहेको पाइएको छ । विभागले सुन तस्करी प्रकरणमा छापा मारेको यो तेस्रो गोदाम हो ।

छापा मार्दा चिनिया नागरिकले सञ्चाल गर्दै आएको सोह्रखुट्टेको उक्त गोदामबाट ११ सय ६२ थान ‘ब्रेक शु’ बरामद गरिएको थियो । यद्यपी प्रारम्भिक परिक्षणमा बरामद गरिएका ती कार्टुनमा सुन भने भेटिएन । तर, गोदामबाट सुन पलाग्ने उपकरण र सुन तौलिने तुलो फेला परेकोले तस्करले सुन निकालेको प्रारम्भिक परिक्षणबाट खुलेको छ । बरामद भएका ‘ब्रेक शु’ ल्याब परिक्षणका लागि भन्सार विभाग पठाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: