काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तरकारी तथा फलफूलको मूल्य सामान्य घटेको छ । जसअनुसार ठूलो गोडभेँडा प्रतिकेजी ९० रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ रहेको छ । रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३ रुपैयाँले बढेर ३८ रुपैयाँ पुगेको छ ।
समितिका अनुसार स्थानीय काउली ८० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा गाजरको मूल्य ११० रुपैयाँमा प्रतिकेजी पुगेको छ । घिउ सिमी लोकल ३०, मूला रातो २५, मूला सेतो लोकल १०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ४०, परवल ४०, फर्सी पाकेको ५० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १५०, डल्ले च्याउ २८०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
त्यस्तै, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर १३० मा झरेको छ । अनार ३५० मा आज पाइने छ । आँप मालदह १२०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्