×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा दुई महिना नि:शुल्क इन्टरनेट सेवा

PRIME CA
GLOBAL IME BANK

भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा दुई महिना नि:शुल्क इन्टरनेट सेवा

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ ।

यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर असार २०८० सम्ममात्र उपलब्ध रहेको जनाईएको छ ।

नबिकरण अफरले विषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ । यसरि यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् ।

भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात रहेको कम्पनीको दावी रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: