Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा यसरी मनाईयो १८४औँ फोटोग्राफी दिवस (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो

कैलाली । कैलालीमा १८४औं विश्व फोटोग्राफी दिवशको अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । नेपाल फोटोग्राफर एशोसिएसन उपसमिति बेली, फुलवारी, कैलारी गाउँपालिका आयोजनामा शनिबार वृक्षारोपण, गोडमेल तथा सरसफाई कार्यक्रम गरिएको हो ।

दिवसको अवसरमा फोटोग्राफर एशोसिएसन उपसमिति बेली, फुलवारी, कैलारी गाउँपालिकाको कार्यालय उद्घाटन गरिएको छ । कार्यालय धनगढी उपमहानगरपालिका १४ डिपो बजारस्थित मदन आश्रित भवनमा उद्घाटन गरिएको हो । योसँगै उक्त भवन परिसरमा वृक्षारोपण पनि गरिएको छ ।

त्यस्तै, नेपाल फोटोग्राफर एशोसिएसनमा आवद्ध सदस्यहरुले कैलालीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनदेबी मन्दिरमा रोपिएको फुल तथा वृक्षहरुमा गोडमेल पनि गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK