×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घाडाको घर लठिबद्र बनाएर साखा मर्ज भएपछि पीडामा घरभेटी, प्रदेश प्रमुखको उल्टै ठुलो स्वर ! (भिडियो ब्रिफिङ)

PRIME CA

घाडाको घर लठिबद्र बनाएर साखा मर्ज भएपछि पीडामा घरभेटी, प्रदेश प्रमुखको उल्टै ठुलो स्वर ! (भिडियो ब्रिफिङ)

१२ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । बैंक मर्जरका कारण अहिले बैंकभित्र अनेक समस्या देखिएका छन् । सिनर्जी आउनुपर्ने ठाउँमा नेगेटिभ इनर्जी छ। मर्जर भएकामध्ये कुमारी–एननसीसीमा कर्मचारीहरुको लफडा सकिएको छैन । नबिलले नेपाल बंगलादेश बैंक प्राप्ति गरेपछि त एक साखामा कर्मचारीहरुको भुत्लाभुत्ली नै भयो । लक्ष्मी र सनराइज, हिमालयन र सिभिल भित्र पनि यस्ता अनेक झमेला आईलागेका छन् यतिबेला । समग्रमा भन्दा मर्जरका कारण मर्जरमा गएका बैंकका कर्मचारी खुसी छैनन् । मर्जरपछी बैंक झन् बलियो हुनुपर्नेमा सबैजसो बैंकमा केहि न केहि आईलागेको छ । यी त देखिएका तथ्य भए, बैंक मर्जरका कारण बैंकका कर्मचारीले मात्र होइन घरभेटीहरुले पनि राम्रै सास्ती भोग्नुपरेको छ ।

हाल ग्लोबल आईएमई बैंक बनेको तत्कालीन बैंक अफ काठमाडौँको । तत्कालीन बैंक अफ काठमाडौँलाई घर भाडामा दिएका व्यक्ति अहिले बैंकले घरको मर्मतसम्भार नगरी हिडीदिएपछी पीडामा छन् । सन् २००० देखि सन् २०२३ सम्म आफ्नो घरमा बसेको बैंक, ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाँदै गर्दा घरलाई लठीबद्र बनाएर बैंक हिंडेपछि अहिले सो घरका प्रोपर्टी मेनेजर कानुनी लडाईमा छन् ।

तत्कालीन बैंक अफ काठमाडौँले घर बहालको सम्झौता गर्दा घर छोड्ने बेलामा प्रयोगका लागि योग्य बनाउँछु भनी सम्झौता गरेको छ । तर बैंकले छोड्ने बेलामा उही हरि बहादुरले ’कुन पैसा ?’ भनेको शैलीमा ’कुन सम्झौता?’ भनेजसरी घरलाई उल्टै क्षति पुर्याएर हिंडेको घरबहालका सम्झौताका घरभेटी पक्ष बताउँछन् ।

बैंकले झन्डै २३ बर्ष सो घर प्रयोग गर्यो । आफुलाई चाहिँदा घरको गर्नसम्मको प्रयोग गर्यो । तर घरको मर्मत सम्भार गर्नुपर्ने ठाउँमा यो घरभेटीको घर त हो नि भन्ने शैलीमा घरका भित्ता तथा पर्खालहरु भत्किंदा पनि मर्मत गर्न खोजेन । घरका सिलिङ चुहिन थाले, तर त्यसको पनि मर्मत भएन । घरभेटीले उल्टै पटक पटक सो घर मर्मत गर्नुपर्यो भन्दै बैंकलाई ताकेता गरेका थिए । तर बैंकले टेर्दै टेरेन । २००२ देखि भाडामा बसेको बैंकले सन् २००७ मा सो सम्झौता नवीकरण गरेको थियो । पछी २०१९ मा घर बहाल सम्झौताको म्याद सकिएपछी पुनः बैंकले १ बर्षकालागि सम्झौता गर्न खोजेको थियो । तर एक बर्षका लागि घरबहाल सम्झौता गर्न घरभेटीले नमानेपछि बैंकले ५ बर्षकै लागि सम्झौता गरेको थियो । तर अहिले बैंक मर्जरमा गयो, सो साखा खारेज भयो, अनि बैंक हिंड्यो । आर्थिक मन्दीका बीच घर लठिबद्र पारेर छोडीदिएपछी अहिले न घरभाडामा लिन कोहि आउँछन्, न बैंक आफुले गरेको क्षतिको मर्मत गर्न तयार भयो ।

अहिले बैंकले आफ्ना सामानहरु पनि पूर्ण रुपमा व्यवस्थापन नगरेको, बैंकले बैंक प्रयोजनका लागि तयार गरेका संरचनाहरु पनि नहटाएको, र घरको साँचो पनि बैंकले नै राखेको आरोप घरधनी पक्षको छ । स्थिति यस्तोसम्म छ, न बैंकले आफ्नो घरमा चर्केका भित्ताको मर्मत गरिदिन्छ, न चुहिएको ठाउँ टालीदिन्छ । बरु आफ्नै घर खोल्न पनि बैंकका कर्मचारी गुहार्नुपर्छ । आफुले आफ्नै घर प्रयोग गर्न नपाएपछि र बैंकले आफ्नो घरको गर्नुपर्ने मर्मत सम्भार नगरिदिएको भन्दै अहिले बैंकका विरुद्ध घरधनीले मुद्धा मामिलानै गर्नुपरेको छ । अहिले यो केस सिडीओसम्म पुगेको छ ।

न सम्झौता अनुसार घर मर्मत गरिदिन्छ बैंकले, न सामान हटाउँछ, न घरको चाबी दिन्छ, न भनेको समयमा घरको ढोका खोलिदिन्छ । बैंक गर्छ त केवल दादागिरी गर्छ । अझ बैंकका प्रदेश प्रमुख पुकार सुवेदीको फुर्ती बेग्लै छ । यो हाम्रो आन्तरिक विषय हो, तपाईंहरुलाई एक्स्प्लेन गरिरहनुपर्दैन, हामी त कर्पोरेट संस्था हो भनेर उनले हामीलाई बैंकको धारणा दिन मानेनन् ।

लौ न बैंकका हाकिमसापहरु, यी प्रदेश प्रमुखलाई कुरा लुकाउन खोजे झन् बिग्रिन्छ, ग्लोबल आईएमई बैंक, यीनको नीजी संस्था होइन बरु पब्लिक लिमिटेड कम्पनी हो र जनताले उठाएको हरेक विषयमा बैंकले जवाफ दिनुपर्छ भन्ने तथ्य सिकाईदिनुपर्यो । तपाईं आफैं सोच्नुस् सुवेदी मिडियाकर्मीले हामीकहाँ गुनासो आयो भएको के हो भनेर प्रश्न गर्दा त यस्ता बांगेका उत्तर दिन्छन् भने यीनले घरधनीलाई कति पीडीत बनाएका होलान् । बैंकका कर्मचारीहरुलाई कसरी पेलेका होलान्, ग्राहकलाई कति दुख दिएका होलान् । लोकतन्त्र, त्यसमाथि पनि स्टकहोल्डरहरु महत्वपूर्ण हुने पब्लिक कम्पनीमा उनले प्रश्नकर्तालाई रैती नै सोच्छन् कि क्या हो ! यो बैंक पूरै मेरै हो भन्ने ठान्छन् कि क्या हो, थाहा छैन । तर उनको व्यवहारले चाहिं यस्तै देखाउँछ कि उनले पेलेरै घरधनीलाई पीडा दिन खोजेका छन् । (भिडियो)

मर्जरको अर्को तीतो पाटो : भाडाको घर ‘लठिबद्र’ बनाएर साखा मर्ज भएपछि पीडामा घरभेटी

– मर्जरको अर्को तीतो पाटो : भाडाको घर ‘लठिबद्र’ बनाएर साखा मर्ज भएपछि पीडामा घरभेटी
– प्रदेश प्रमुखको उल्टै ठुलो स्वर !

Posted by Artha Sarokar on Monday, August 28, 2023

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: