काठमाडौं । मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक भएको छ । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था र आगामी भविष्य समावेश भएको पुस्तक सार्वजनिक भएको हो ।
नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले श्रावण १५ गते आयोजना गरेको कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवन गोल्याण, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका थिए । उक्त पुस्तकका लेखकहरु डा. गोपाल प्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाँई हुन् ।
विमोचन कार्यक्रममा सिबिफिनले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पारेको थियो । अध्यक्ष गोल्याणले बैंक तथा वित्तीय संस्थाहरुबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र वाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वनपैदावारलगायतका १० वटा वस्तुहरुको १० वर्षे तथ्यांक केलाएर अध्ययन गरिएको बताएका थिए ।
यस्तै, पुस्तकले समग्र उद्यमी/व्यवसायीहरुको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देश समेत गरेको उनको भनाई थियो । अध्यक्ष गोल्यानले कृषि तथा वन पैदावारलगायतका क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको उदाहरण दिँदै विशेषगरी साना साना तथा घरेलु उद्योगहरु, कृषि, वनपैदावर जस्ता बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा विशेष जोड दिएका थिए । विभिन्न देशहरुका लागि प्रस्तावित राजदुतहरु र परराष्ट्र सचिवतर्फ इंगित गर्दै अध्यक्ष गोल्याणले नेपाली उत्पादनहरुको प्रवद्र्धन र विश्वबजारीकरण लागि विदेशमा रहेका नेपालका राजदूतहरुले विशेष ब्राण्ड एम्बासडर भएर काम गर्न आग्रह समेत गरेका थिए ।
त्यस्तै, मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र संभावना दुवै औलाएका थिए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताउँदै उनले नेपाली उत्पादनहरुको प्रवर्द्धन तथा उपयोगलाई प्रश्रय दिँदै निर्यातलाई बढावा दिनुपर्ने उल्लेख गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्