काठमाडौं । बुबा केयर प्रा. ली. ले नबिल बैंक लिमिटेडका कर्मचारीहरुलाई लक्षित गरेर भाद्र १२ र १३ गते नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
नेपाल प्याथ ल्यावको प्राविधिक सहयोगमा आयोजना हुने उक्त नि:शुल्क स्वास्थ्य शिविरमा बैंकका सम्पुर्ण कर्मचारीहरुको बुबा केयरका अध्यक्ष डा. अनाम प्याकुरेलको नेत्रृत्वमा तथा प्रबन्ध निर्देशक डा. रोशन खतिवडा रहेको विशेषज्ञ डाक्टरहरु सहितको समुहले स्वास्थ्य परिक्षण गरी सोहि अनुसारको परामर्श समेत प्रदान गर्ने छ साथै हाल देखिएको कन्जक्टिभाइटिस रोगले पार्न सक्ने प्रभावसमेतलाई मध्यनजर गर्दै सम्पुर्ण कर्मचारीहरुको आँखा समेत नि:शुल्क रुपमा परिक्षण गरिने भएको छ ।
बुबा केयर प्रा.लि स्थापनाको छोटो समयमै विभिन्न क्षेत्र तथा ठाँउहरुमा कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क रुपमा स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आइरहेको छ । बुबा केयरले विशेष गरी बुबा तथा आमाहरु लगायत आफ्ना सदस्यहरुका विशेषज्ञ स्वास्थ्य जाँच, गुणस्तरिय प्याथलोजिकल चेक जाँच, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्