×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुले भदौका लागि ब्याजदर तोके, कुन बैंकको कति ?

PRIME CA
GLOBAL IME BANK

बैंकहरुले भदौका लागि ब्याजदर तोके, कुन बैंकको कति ?

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार भदौमा केही बैंकले ब्याजदर बढाएका छन्, केही बैंकले भने ब्याजदर घटाएका छन् भने केही बैंकले ब्याजदर स्थिर राखेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कुमारी बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ब्याज दिने भएका छन् । यी बैंकहरुले भदौ महिनाका लागि व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत निर्धारण गरेका छन् । त्यस्तै, संस्थागत मुद्धति निक्षेपमा भने यी बैंकहरुले ८.८९६ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यस्तै, भदौ महिनामा एनएमबि बैंक, एनआईसी एशिया, प्राइम कमर्सियल र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका छन् । भदौ महिनामा एनएमबि बैंकले व्यक्तिगत मुद्धतिमा ९.९९ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ७.९९ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागत मुद्धतितर्फ ८.५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, नबिल बैंकले व्यक्तिगततर्फ १०.४९ प्रतिशत र मुद्धतितर्फ ८.४९ प्रतिशत ब्याजर दिने भएको छ ।

यता नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा समान ९.९९ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागत मुद्धति निक्षेपमा क्रमशः ७.९९, ७.९९, ७.९९, ७.४९ र ७.९९ प्रतिशत ब्याज दिने भएका छन् । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याज स्ट्याण्डर्ड चार्टर्ड बैंकले निर्धारण गरेको छ । यस बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्धति निक्षेपमा ८.९२ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ६.९२ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: