×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यापिटल म्याक्स सेक्युरिटिज र सनराइज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता

PRIME CA

क्यापिटल म्याक्स सेक्युरिटिज र सनराइज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धेरै कम अनुभवि र व्यस्त लगानीकर्ताहरुको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ । यस सम्झौता अनुरुप अब हरेक क्यापिटल म्याक्सका ग्राहकहरुलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५० प्रतिशत छुट दिने भएको छ ।

यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरीदिने सो सम्झौता अनुरुप सनराईज क्यापिटलले दक्ष तथा अनुभवि जनशक्ति प्रयोग गर्ने र ८५ सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने कुरा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले बताएका थिए ।

साथै उक्त व्यवस्थापन अनुरुप सेयर बजारमा हुने अनियमित उतारचढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराईज क्यापिटलले धेरै हदसम्म न्युनिकरण गरिदिने विश्वास क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: