×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘औद्योगिक एवम् व्यवसायिक वातावरण निर्माणका लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्छ’ : चेम्बर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘औद्योगिक एवम् व्यवसायिक वातावरण निर्माणका लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्छ’ : चेम्बर

Artha Sarokar

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुलुकमा औद्योगिक एवं व्यवसायिक वातावरण सिर्जना गर्नका लागि सवै क्षेत्रको भूमिका उत्तिकै जिम्मेवार हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

पछिल्लो समय निजी क्षेत्र लक्षित केही भ्रामक समाचार फैलिएको र यसले उद्योगी व्यवसायीमा अनावश्यक भ्रम सिर्जना गरेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आर्थिक स्थायीत्वका लागि लगानीमैत्री वातावरण बन्न आवश्यक छ । निजी क्षेत्रमा भ्रम उत्पन्न गराउने गरी बेलाबखत आउने समाचारले अन्यौलता पैदा गर्दछ ।’

सत्य, तथ्य र निश्पक्ष समाचारले अर्थतन्त्रको जग बलियो बनाउने र यसले निजी क्षेत्रको मनोबल उकास्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उद्योग र व्यवसायको विकास मार्फत आर्थिक समृद्धि एवं लगानीको वातावरण निर्माण गर्नु सवै क्षेत्रको दायित्व भएको चेम्बरको ठहर छ ।

त्यस्तै, मुलुकको आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका अग्रणी रहेको चेम्बरले उल्लेख गरेको छ । सोही यथार्थलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न समेत चेम्बरले आग्रह गरेको छ । सञ्चार माध्यमको निश्पक्षतालाई निजी क्षेत्रले पथप्रर्दशकका रुपमा ग्रहण गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी