×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोह्रौँ योजना वस्तुनिष्ठ र परिणाममुखी बनाउन चेम्बरको सुझाब

PRIME CA

सोह्रौँ योजना वस्तुनिष्ठ र परिणाममुखी बनाउन चेम्बरको सुझाब

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो ।

चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसहित निजी क्षेत्रका सरोकारवालसँग छलफल गर्दै १६औं योजनालाई परिणाममुखी बनाउन सुझाव दिएको हो । पन्ध्रौँ योजनामा उल्लेखित कतिपय लक्ष्यहरु पुरा हुन नसकेको सन्दर्भमा सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

योजना आयोगको लक्ष्य एवं सरकारको बार्षिक बजेटबीच समन्वय हुन नसक्दा अपेक्षा अनुसारको परिणाम हासिल हुन नसकेको मल्लको भनाई छ । अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले भने-‘पन्ध्रौँ योजनाको अन्त्य हुने आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि १० दशमलव ३ प्रतिशत गर्ने लक्ष्य राखिएको थियो, चालू आर्थिक वर्षका लागि आर्थिक वृद्धिको लक्ष्य नै ६ प्रतिशत राखिएको छ ।’

पन्ध्रौं योजनामा समावेश गरिएका अधिकांश लक्ष्यहरु अधुरै रहेको अध्यक्ष मल्लको भनाई छ । प्रमुख शहरहरुमा मेट्रो रेल निर्माण, १८ स्थानमा औद्योगिक क्षेत्र निर्माण जस्ता महत्वकांक्षी कार्यक्रमहरु पन्ध्रौँ योजनामा समावेश भएपनि कार्यन्वनय हुन नसकेको अध्यक्ष मल्लले बताए । नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रहरुको सूचीबाट स्तरोन्नती हुने भएकाले त्यसपछिको अवस्थालाई मध्यनजर गरेर रणनीति तय हुनुपर्ने चेम्बरले सुझाव समेत दिएको छ ।

अन्तरक्रिया कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले सोह्रौ योजना सामाजिक न्याय र सुशासन सहितको आर्थिक समृद्धिमा केन्द्रित हुने बताए । कृषिको पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रको वस्तुनिष्ठ अध्ययन गरेर योजना तर्जुमा गर्ने काम भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

अतिकम विकसित मुलुकहरुको सूचीबाट नेपाल स्तरोन्नति भएपछि उत्पन्न हुने परिस्थिति सम्वन्धमा आयोगले रणनीतिक तयारी गरिरहेको उनको भनाई छ । औद्योगिक क्षेत्र विस्तारमार्फत निर्यात वृद्धि एवं वैदेशिक लगानी भित्र्याउनका लागि आयोगले तयारी गरिरहेको श्रेष्ठको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: