×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सको ११ लाख २५ हजार कित्ता आइपिओ बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन लाइफ इन्स्योरेन्सको ११ लाख २५ हजार कित्ता आइपिओ बाँडफाँड

Artha Sarokar

२३ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता साधारण सेयर बाँडफाँड गरेको हो ।

इन्स्योरेन्सले असार ३१ गतेदेखि साउन २२ गते ११ लाख २५ हजार कित्ता सेयर १०० रुपैयाँ अङ्कित दरमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी जम्मा प्रति सेयर मूल्य २४४ रुपैयाँको दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

उक्त अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सो निष्काशित शेयरहरुको साउन २२ गते निष्काशन तथा बिक्री प्रबन्धक  एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो ।

१९ लाख ३० हजार ९ सय कित्ता खरिदका लागि २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकहरुबाट ३३० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरुलाई अयोग्य ठहर्याई रद्द गरी कूल २७ हजार ६ सय २८ जना आवेदकहरुबाट १९ लाख ३० हजार ५ सय ७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने सम्पुर्ण आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोजिमका १ लाख ५४ हजार ९ सय ९० कित्ता तथा ५० देखि २ हजार कित्ता सम्म माग गर्ने १९ हजार ७ सय ४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७ सय २० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँड गरिएको हो ।

सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १ लाख ८० हजार २ सय ९० कित्ताको हकमा ५० देखि २ हजार कित्ता सम्म मागगर्ने १९ हजार ७ सय ४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि २ हजार कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८ हजार २९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २ सय ९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी