×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले गर्यो बिराट मेडिकलसँग सम्झौता, ग्राहकहरुलाई ५० प्रतिशत छुट

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंकले गर्यो बिराट मेडिकलसँग सम्झौता, ग्राहकहरुलाई ५० प्रतिशत छुट

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भोटेपुल, धरान स्थित बिराट मेडिकल सेन्टर प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले बिराट मेडिकल सेन्टरका विभिन्न सेवाहरुमा ५० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ३१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: