×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ नेप्सेमा सूचिकृत

Artha Sarokar

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड नेप्सेमा सूचीकृत भएको हो ।

साउन २३ गते नेप्से र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम रहेको ७ करोड ५० लाख ७२ हजार ३ सय ९० ईकाई नेप्सेमा सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको थियो । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो  ।

कम्पनीले सर्वसाधारणको लागि १० करोड इकाई धितोपत्र बिक्री खुला गरेको थियो । त्यसमध्ये ७ करोड ५० लाख ७२ हजार ३९० ईकाई धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकरण भएको नेप्सेले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी