काठमाडौं । नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रा.लि. र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । उक्त समझदारी अनुसार खानेपाानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एकआपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने तथा अनुसन्धान कार्यहरू गरिने भएको छ ।
समझदारीपत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष ई. रामदीप शाहले हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाह लगायत दुईवटै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुशासनमाथप सुधार गरी सेवा प्रदानलाई थप प्रभावकारी बनाउन सयुक्त रुपमा सहकार्य गरी अघि बढ्न मुख्य उद्देश्य राखिएको छ । नेपालको खानेपानी तथा सरसफाई क्षेत्रलाई डिजिटलाइजेसन को लागि नीतिगत सुधार, यस क्षेत्रमा काम गर्ने सेवा प्रदायक तथा सरोकारवालकाहरुको प्रविधि संचालन तथा डिजिटलाइजेसनमा रुपान्तरणको लागि क्षमता अभिवृद्धी गर्न, केन्द्रिय, प्रदेश तथा स्थानीय स्तरमा यस क्षेत्रमा भएका राम्रा प्रयासहरूको सिकाईलाई विभिन्न स्तरका कार्यक्रमहरूबाट प्रचार प्रसार गर्ने उद्देश्य रहेको जनाईएको छ ।
हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरी लागु गरिरहेको छ । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एन.आर.डब्लु. (पानी चुवाहट विश्लेषण ) प्रविधि,ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ । यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यसै गरी स्मार्ट वास सोलुसनले विगत ५ वर्ष देखि खानेपानी तथा सरसफाई क्षेत्रमा रहेका समस्याहरूलाई न्यूनिकरण गर्न तथा सुशासनमा सुधार गर्न आवश्यक नयाँ प्रविधिहरूको विकास, केन्द्र तथा प्रदेशमा खानेपानी तथा सरसफाई क्षेत्रमा नीतिगत तथा कानूनमा सुधार गर्न बहस तथा पैरवी गर्ने, तथा सरोकारवाला निकायहरूको क्षमता अभिबृद्धि गर्ने, अनुसन्धान गर्ने, विभिन्न विषयमा सभा, गोष्ठी तथा सेमिनार जस्ता क्रियाकलापहरू संचालन गर्दै आइरहेको छ ।
यो समझदारी पश्चात खानेपानी तथा सरसफाई क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्