×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशलाई संकटमा पुर्याउने केही मारवाडीका कारण मारवाडी समुदाय नै बदनाम भयो’- नगारिक बचाउ अभियान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘देशलाई संकटमा पुर्याउने केही मारवाडीका कारण मारवाडी समुदाय नै बदनाम भयो’- नगारिक बचाउ अभियान

Artha Sarokar

३ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विरगञ्ज उद्योग वाणिज्य संघको विज्ञप्तीप्रति आपत्ति जनाएको छ । अभियानले आफ्नो उद्धेश्यको मर्म विपरित भ्रम फैलाउने गरी अनिल कुमार अग्रवालद्वारा हस्ताक्षरित विज्ञप्तीप्रति आपत्ति जनाएको हो ।

उद्योग वाणिज्य संघ विरगञ्जको नाममा भदौ १ गते जारी विज्ञप्तीमा उल्लेख गरिएजस्तो आफूहरुले सबै मारवाडीलाई दोष नलगाएको महाअभियानले जारी गरेको विज्ञप्तीमा भनिएको छ । केही सिमित मारवाडीका कारण देशको आर्थिक अवस्था तहसनहस भएको बताए पनि आफूहरुले सम्पूर्ण मारवाडी समुदायलाई दोष भने नलगाएको महाअभियानले प्रष्ट पारेको छ ।

त्यस्तै, उद्योग वाणिज्य संघ विरगञ्जले विषयवस्तुको यथार्थता नै नबुझी हचुवाका भरमा विज्ञप्तीबाजी गर्दै त्यसले सही अर्थमा व्यवसाय गर्दै आएका मारवाडी समुदायको मनोविज्ञानमा असर पुर्याएको समेत महाभियानको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै, यसरी अनावश्यक भ्रम छर्ने गरी विज्ञप्ती निकालिनु प्रति गम्भीर अपत्ति जनाउँदै प्रसाईंको महाअभियानले सजग रहन आग्रह गरेको छ । यस्तो छ महाभियानको विज्ञप्तीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी