काठमाडौं । बुढापाकाहरुले उखान गर्थे, विहे गरेको बर्ष डाँडा नै बाङ्गो हुन्छ रे । अर्थात छर, छिमेकी, इष्टमित्र सबैतिर गुनासो र अनेक व्यवहारिक झमेला । अहिले कुमारी बैंकलाई पनि त्यस्तै भएको छ । मर्जरपछि कर्मचारीहरु दुई कित्तामा उभिएका छन्, दुई युनियन एक हुन नसक्दा बैंकमा लफडा छ, यहि लफडाका कारण कर्मचारीहरु डिमोटिभेटेड छन्, कति जागिर छोड्ने मुडमा पुगिसके । बैंकका सीइओ, डेपुटी सीइओ लगायतका उच्च अधिकारीहरुलाई पनि कम्तीको तनाव छैन, बिग्रेको हिसाबकिताब मिलेको छैन, रिकभरीमा ठुलो समस्या देखिएको छ, बैंकको स्थिति झनझन् उँधोगतिमा छ, स्ट्राटिजी बनाएर यसो काम थालौँ भन्यो, २ थरी कर्मचारी ३ तिर बांगिएका छन् । यति मात्र कहाँ हो र ? यहि बेला हरिसिद्धिको मुद्धा हारेको छ बैंकले । बैंकको बर्षौंदेखिको केहि जग्गा र पैसा आउने आश सकिएको प्राय: छ । अन्य थुप्रै फाइलहरुमा समस्या छ ।
कुमारी बैंकसँग जोडिएको अर्को एउटा केस अहिले चर्चामा छ । प्रसङ्ग हो व्यवासायी दुर्गा प्रसाईंलाई दिईएको ऋण । व्यवसायी दुर्गा प्रसाईंको तर्क छ -‘मलाई बैंकले दिनुपर्ने पैसा नै दिएन । किस्ता हालिदेउ थप पैसा दिन्छु भने र किस्ता हालिदिएँ तर पैसा दिएनन् ।’ पैसा नपाएपछि प्रसाईंले किस्ता नतिर्ने अडान लिए । त्यसपछि बैंकले झन् पूरै ऋण नै तिर्न ताकेता गर्न थाल्यो । त्यसपछि प्रसाईं अदालत गए । अदालतले प्रसाईंलाई जिताइदियो र सम्झौता अनुसार अहिले ऋण तिर्न ताकेता नगर्न आदेश दियो । त्यसपछि बैंकले उनीसँग छलफल पनि गर्यो, तर निष्कर्ष निस्किएको छैन ।
कुरा यतिमा सकिएको छैन । बरु कुमारी बैंकले समयमा पैसा नदिंदा आफुलाई २६ करोड घाटा भएको हिसाबसहित प्रसाईं क्षतिपूर्तिको मागदाबीसहित अदालत गएका छन् । बैंकका कारण आफुलाई २६ करोड क्षति भएको र सो क्षतिपूर्ति बैंकले नै दिनुपर्ने भन्दै उनी अदालत गएका हुन् । कथमकदाजित यो मुद्धा प्रसाईंले जिते भने बैंकले २६ करोडमात्र तिर्नुपर्ने छैन, बरु यस्ता थुप्रै केसहरुमा नेपालका थुप्रै फाइलहरुको विषयमा मुद्धा पर्ने निश्चित छ । यसो त प्रसाईंले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि आफुलाई समयमा पैसा नदिंदा आफुलाई करोडौं घाटा भएको बताईरहेका छन् । आफ्नो होटल बनाउने प्रोजेक्टमा दिनुपर्ने थप रकम नदिएर महिनौँ अल्झाउने काम हुँदा आफुलाई करोडौंको घाटा भएको र यस विषयमा सो बैंकविरुद्ध पनि अदालात जाने प्रसाईंको भनाई छ ।
ऋण दिन्छु भनेपछि बैंकले समयमा दिनुपर्छ । ऋण लिएपछि लिनेले समयमा ब्याज र किस्ता तिर्नुपर्छ । खासमा यतिमात्र भए ऋणी र बैंकबीच कहिले पनि झमेला हुँदैन र खासमा बैंकिङ प्रक्रिया पनि यहि हो । सम्बन्धित निकाय, नेपालका बैंक तथा वित्तीय संस्था र स्वयम् ऋणीले पनि बुझ्नुपर्छ- बैंक व्यवसायका साझेदार हुन्, उनीहरु दुश्मन होइनन् । र बैंकले पनि बुझ्नुपर्छ- क्लाइन्ट त देउता हुन्, देउतालाई दुख दिन खोजे अनिष्ट आफैंलाई हुन्छ । देउता रिसाएपछि शुभ भएको घटना परापूर्वकालको ग्रन्थदेखि अहिलेसम्म कतै देखिएको छैन, सुनिएको छैन । प्रसाईंसँग गरिएको संवादसहितको कार्यक्रम भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्