×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा मनि ट्रान्सफर र ट्रयाङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इसेवा मनि ट्रान्सफर र ट्रयाङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Artha Sarokar

१९ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबारे बोल्ने क्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष ढकालले कम्पनीको सेवालाई दिगो र सान्दर्भिक बनाउनका लागि विश्वव्यापी साझेदार, ट्र्याङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताएका थिए ।

त्यस्तै, ट्र्याङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले देशको कुल ग्राह्यस्थ उत्पादनको २० प्रतिशत भन्दा बढी रेमिट्यान्सको योगदान भएकोले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्नु उच्च प्राथमिकता भएको बताए ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । सम्झौतासँगै विदेशमा रहेका नेपालीले ट्र्याङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरुबाट रेमिट्यान्स पठाउन सक्ने छन् ।

साथै, ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने विश्वास दुवै पक्षले गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी