×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईसेवाका सीईओ कोइरालाले पाए ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ईसेवाका सीईओ कोइरालाले पाए ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’

Artha Sarokar

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ प्राप्त गरेका छन् । ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’, ह्युस्टन, टेक्सस, अमेरिकाले कोइरालालाई ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ प्रदान गरेको हो ।

रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । ‘म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल’ अवार्ड-२०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि उनी सम्मानित भएका थिए ।

त्यस्तै, ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो ।

वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, वृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनीहरुले प्रदान गर्ने सेवालाई विश्वभर चिनाउने एक मध्यम हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी