×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र फोनपेको सहकार्यमा ‘फोन ट्याग’ अफलाइन पेमेन्ट सेवा सुरु

PRIME CA

एभरेष्ट बैंक र फोनपेको सहकार्यमा ‘फोन ट्याग’ अफलाइन पेमेन्ट सेवा सुरु

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारले फोनपेसँग सहकार्य गरी नेपाली बजारमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ ।  फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट ‘एनएफसी ट्याग’ वा ‘CPQR’ कोड (ग्राहकले प्रस्तुत गर्ने क्युआर कोड) प्रस्तुत गरेर भुक्तानीहरू गर्न सहज बनाउने जनाईएको छ ।

अफलाइन कारोबारको सीमा ५ हजार प्रति कारोबार रहेको छ । यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । हाल, यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध रहेको छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकहरुले सिपिक्युआर कोड (ग्राहकले प्रस्तुत गर्ने क्युआर कोड) प्रयोग गर्न सक्नेछन् ।

उक्त सेवाले कमजोर नेटवर्क जडान भएका स-साना शहर र ग्रामीण क्षेत्रहरूमा डिजिटल भुक्तानीलाई बढावा दिने बैंकको विश्वास छ । साथै यस सेवाले विभिन्न शहरी केन्द्रहरूमा, ठूला सार्वजनिक कार्यक्रमहरू, मेलाहरू र प्रदर्शनीहरूमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई पनि भुक्तानी गर्न मदत गर्छ ।

यस पहल प्रति खुशी व्यक्त गर्दै एभरेष्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले भने, ‘यस सेवा मार्फत एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ र डिजिटल भुक्तानीको प्रमुख समस्यालाई सम्बोधन गर्न अति आवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ । हाम्रो बैंकिङ प्रणालिमा फोन ट्यागको एकीकरणले हाम्रा ग्राहकहरूलाई सुरक्षित र सुविधाजनक डिजिटल भुक्तानी को अनुभव अँगाल्न सशक्त बनाउँछ, जसले प्राविधिक विकासहरूमा सदैब अगाडी रहन एभरेष्ट बैंकको समर्पणलाई जोड दिन्छ । हामीफोनपेसँग यो यात्रा सुरु गर्न, नेपालमा बैंकिङको सेवाहरुलाई सहज बनाउन र सुरक्षित कारोबारको नयाँ युग ल्याउन पाउँदा धेरै उत्साहित छौं ।’

यस सहकार्यमा उत्तिकै खुसी भएका फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाको अनुसार ‘फोनपे आफ्नो अफलाइन डिजिटल पेमेन्ट,फोनट्याग सुचारु गर्न पाउँदा गर्व गर्दछ । नेपालमा अफलाइन पेमेन्टको परिचय दिन फोनपेसँग सहकार्य गरेको मा एभरेष्ट बैंकलाई हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं । यो सहयोगले साझा दृष्टिकोणको उदाहरण दिन्छ, र हामी सामूहिक रूपमा नगद रहित भविष्यलाई आकार दिन तत्पर छौं जसले राष्ट्रभरका व्यक्ति र व्यवसायहरूलाई फाइदा पुर्‍याउँछ ।’

फोन ट्यागको सुरुवात सँंगै ग्राहकहरूले अब विभिन्न मर्चेन्ट आउटलेटहरूमाफोन ट्यागद्वारा भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक वा रु ५०० सम्म पाउन सक्नेछन् । ग्राहक र व्यापारीहरूले यस सेवाको विस्तृत बुझाइको लागि एभरेष्ट बैंकमा सम्पर्क गरी सबै सान्दर्भिक जानकारीहरू प्राप्त गर्न र यस अत्याधुनिक अफलाइन भुक्तानी सेवाको फाइदाहरूको बारेमा बुझ्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: